हुन्डाईले ल्यायो गाडीमा आकर्षक अफरसहित नयाँवर्ष योजना, स्क्रयाचबाट अतिरिक्त छुट पाउने

बिजमाण्डू
२०७७ चैत्र १९ गते १०:२२ | Apr 1, 2021
हुन्डाईले ल्यायो गाडीमा आकर्षक अफरसहित नयाँवर्ष योजना, स्क्रयाचबाट अतिरिक्त छुट पाउने

Tata
GBIME

काठमाडौं। हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष योजना ल्याएको छ।

योजना अनुसार हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले कम्तीमा २० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट पाउन सक्नेछन्।

कम्पनीका अनुसार १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, एकलाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्न सकिनेछ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

कम्पनीले देशभर १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरमार्फत सेवा दिइरहेको जनाएको छ।