सेयर बजारमा अबदेखि शुक्रबार कारोबार हुने, सरकारी निर्णयले फेरियो तालिका



बिजमाण्डू
२०८२ चैत्र २३ गते १०:५१ | Apr 6, 2026
सेयर बजारमा अबदेखि शुक्रबार कारोबार हुने, सरकारी निर्णयले फेरियो तालिका


काठमाडौं। सरकारले अबदेखि आइतबार बिदा दिने निर्णय गरेसँगै सेयर बजार अब शुक्रबार खुल्ने भएको छ। नेप्सेले सातामा पाँच दिन कारोबारका लागि शुक्रबार बजार खुलाउने निर्णय गरेको हो।

Tata
GBIME

बजारमा अहिले शुक्रबार र शनिबार बाहेक हप्तामा ५ दिन ११ देखि ३ बजेसम्म कारोबार खुल्छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन सातामा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले अब शुक्रबार बजार खुलाउने भएको हो।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले बजार लगानीकर्ताका लागि लिक्विड एसेट भएकाले सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि त्यसको साटो शुक्रबार कारोबार खुलाउने निर्णय गरेको बताए।

‘सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको सट्टा शुक्रबार कारोबार सञ्चालन गर्ने निर्णय भएको छ। सातामा पाँचै दिन नियमित सेयर किनबेच हुनेछ,’ उनले भने।