एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा, हरेक हप्ता ५० जीबीसम्म जित्ने अफर



बिजमाण्डू
२०८२ चैत्र १८ गते १४:२२ | Apr 1, 2026
एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा, हरेक हप्ता ५० जीबीसम्म जित्ने अफर


काठमाडौं । एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर संचालनमा ल्याएको छ। यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्छन्।

Tata
GBIME

ग्राहकलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले यो अफर ल्याएको जनाएको छ। अफरअन्तर्गत एनसेलका ग्राहकहरूले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा एक्टिभ गर्न सक्छन्। यसले ग्राहकलाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैं कनेक्टेड रहन मद्दत गर्दछ। अफरको उद्देश्य एनसेलका सेवा प्रयोगकर्तालाई आधारभूत ग्राहक सेवाभन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु भएको जनाएको छ।

ग्राहकका लागि एनसेलले ‘प्ले एन्ड वीन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रुपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन्। प्रयोगकर्ताहरूले दैनिक रुपमा एपमा गई स्पीन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेमहरुमामा संलग्न भई आफ्नो अंकहरु संकलन गर्न सक्छन् ।

हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरुको स्थान निर्धारण गरिन्छ र सोही अनुसार उनीहरुले आकर्षक डेटा पुरस्कारका रुपमा जित्नेछन् । प्रत्येक हप्ता कुल ३ हजार ४१० जना ग्राहकले डेटा पुरस्कारका रुपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन्।

उत्कृष्ट १ देखि १० जना ग्राहकहरूले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जीबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकहरूले ५ जीबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकहरूले १ जीबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।