इन्टरनेट कम्पनीको ग्राहक संख्यामा वृद्धि, कुन सेवा प्रदायकको कति पुग्यो ?



बिजमाण्डू
२०८२ चैत्र ३ गते १४:२५ | Mar 17, 2026
इन्टरनेट कम्पनीको ग्राहक संख्यामा वृद्धि, कुन सेवा प्रदायकको कति पुग्यो ?


काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको ग्राहक संख्या बढ्दो क्रममा रहेको छ। नेपाल दुरसञ्चार प्राधिकरणाले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार देशभर ग्राहक संख्या कूल ३४ लाख ३९ हजार ४२३ पुगेको छ। पुस महिनाको तुलनामा यो ३६ हजार बढी हो।

Tata
GBIME

सबैभन्दा धेरै ग्राहक संख्या बढाउनेमा वर्ल्डलिंक रहेको छ। वर्ल्डलिंकको ग्राहक संख्या माघ महिनासम्ममा १० लाख ६५ हजार ९९८ पुगेको छ। यो कुल इन्टरनेट बजारको ३०.९९ प्रतिशत हो।

त्यस्तै, डिसहोम फाइबर इन्टरनेटको ग्राहक संख्या ३ लाख ८४ हजार १९० पुगेको छ। यसले बजारको ११.१७ प्रतिशत हिस्सा ओगटछ। नेपाल टेलिकमको ग्राहक माघ महिनासम्ममा ३ लाख ७७ हजार २१९ पुगेको छ। यो कुल बजारको १०.९७ प्रतिशत हिस्सा हो।

भायानेटको ग्राहक स्ख्या ३ लाख ५१ हजार २०४ पुगेको छ। कम्पनीको बजार हिस्सा १०.२१ प्रतिशत रहेको छ। त्यस्तै, क्लासिक टेकको ग्राहक संख्या २ लाख ७६ हजार ६२४ पुगेको छ।

त्यस्तै, सुबिसु केबल नेटको २ लाख ६० हजार ६९२ ग्राहक पुग्दा वेबसर्फर नेपाल कम्युनिकेसनको ग्राहक संख्या १ लाख ७४ हजार ९३९ पुगेको छ ।

टेकमाइन्ड्स नेटवर्क प्रालिको ग्राहक संख्या १ लाख २४ हजार १४६ पुगेको छ। वाइफाइ नेपालको १ लाख २ हजार ९९१ ग्राहक छन्।  

माघ महिनासम्म सिजिको ८४ हजार ९३६ जना ग्राहक हुँदा ब्रोडलिंक नेटवर्कको ५५ हजार १ सय ४१ ग्राहक पुगेको छ।

त्यस्तै, सजिलो नेटको ४३ हजार ८४२ ग्राहक रहेका छ भने फाइबरवर्ल्ड कम्युनिकेसनको माघसम्म ३९ हजार ९२४ ग्राहक संख्या पुगेको छ।

कनेक्ट नेपाल नेटवर्क्सको १८ हजार ९३६ ग्राहक पुग्दा एरोनेट प्रालिको १४ हजार ४८ ग्राहक संख्या पुगेको छ।

माघ महिनसम्ममा चित्रवन युनिक नेटको १३ हजार ४३९ ग्राहक संख्या छन् भने एभरेष्ट वाइलेस नेटवर्कको १२ हजार २९५ ग्राहक छन्। माघ महिनासम्ममा अन्य कम्पनीहरुको ग्राहक संख्या ११ हजार ५८८ पुगेको छ।