रास्वपा उम्मेदवार किशोरीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, नेकपाका मात्रिकाको जित सदर



बिजमाण्डू
२०८२ चैत्र १ गते १८:३६ | Mar 15, 2026
रास्वपा उम्मेदवार किशोरीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, नेकपाका मात्रिकाको जित सदर


काठमाडौं। धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको पक्षमा आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

Tata
GBIME

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै किशोरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासले आइतबार अस्वीकार गरेको हो।

कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेका कारण आयोगले फागुन १८ गते किशोरीको उम्मेदवारी खारेज गरेको थियो। त्यसको भोलिपल्ट किशोरी सर्वोच्च पुगेका थिए।

किशोरीको उम्मेदवारी खारेज गरेको आयोगले यसअघि नै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मात्रिकाप्रसाद यादवलाई निर्वाचित भएको घोषणा गरिसकेको छ। सर्वोच्चले मात्रिकाको जितलाई सदर गरेको छ।