नवनियुक्त प्रशिक्षकले थाले काम, हङकङसँगको खेलका लागि ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा



बिजमाण्डू
२०८२ चैत्र १ गते १३:११ | Mar 15, 2026
नवनियुक्त प्रशिक्षकले थाले काम, हङकङसँगको खेलका लागि ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं। नेपाली पुरुष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक गुलेल्मो अरेनाले ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्। हङकङसँग हुने मैत्रीपूर्ण खेलको तयारीका लागि प्रशिक्षक अरेनाले प्रारम्भिक टोली बोलाएका हुन्।

Tata
GBIME
Nepal Life

अरेनालाई बिहीबार नियुक्ति दिएको एन्फाले शुक्रबार सार्वजनिक गरेको थियो। एन्फाले उनलाई साफ च्याम्पियन बन्ने लक्ष्यका साथ एक वर्षको सम्झौता गरेको छ।

नेपालले मार्च २६ मा हङकङसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ। फिफा वरीयतामा हङकङ १५३औँ स्थानको टोली हो भने नेपाल १८२औँ स्थानको टोली हो।

प्रारम्भिक टोलीमा अनुभवी खेलाडीसहित राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गरिरहेका खेलाडीसम्म परेका छन्। बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलपछि संन्यास लिने घोषणा गरेका भरत खवास पनि प्रारम्भिक टोलीमा छन्। त्यसबेला जेन्जी आन्दोलन चर्किँदा पहिलो खेलमात्रै खेलेर बंगलादेश स्वदेश फर्किएको थियो।

नेपाली प्रारम्भिक टोली

अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन बिष्ट, एरिक बिष्ट, आविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कार्की, दीपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, जिलेस्पीजंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउबा, लच्छु थापा, लाकेन लिम्बु, मणि लामा, मनिष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, प्रताप सिंह राई, रामबाबु कुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिश श्रेष्ठ, सरोज तामाङ, शंकर थारु, सृजन राज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का।