एनआईसी एशिया बैंकले शान्ति सेवा गृहका विद्यार्थीलाई दियो शैक्षिक सामग्री



बिजमाण्डू
२०८२ फागुन २९ गते १४:४९ | Mar 13, 2026
एनआईसी एशिया बैंकले शान्ति सेवा गृहका विद्यार्थीलाई दियो शैक्षिक सामग्री


काठमाडौं। एनआईसी एशिया बैंकले काठमाडौंको तिलगंगास्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

Tata
GBIME

लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको गृहका विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले शैक्षिक सामग्रीहरू गृहकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे।

बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रुपमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकका अनुसार विगतका वर्षहरूमा पनि बैंकले छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरिसकेको छ।

शान्ति सेवा गृहका यी विद्यार्थीहरूलाई गरिएको शैक्षिक सामग्री सहयोगले उनीहरूको शैक्षिक गुणस्तर बढ्नुका साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।