रिलायन्सको सेयर भाउ १३ कारोबार दिनपछि बल्ल आइपीओ मूल्यभन्दा बढी, ८७० कित्ता घाटामा बिक्री



बिजमाण्डू
२०८२ फागुन २८ गते १२:५३ | Mar 12, 2026
रिलायन्सको सेयर भाउ १३ कारोबार दिनपछि बल्ल आइपीओ मूल्यभन्दा बढी, ८७० कित्ता घाटामा बिक्री


काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको सेयर भाउ दोस्रो बजारमा १३ कारोबार दिनपछि बल्ल आइपीओको मूल्य भन्दा माथि पुगेको छ।

Tata
GBIME

कम्पनीको सेयर भाउ १३ कारोबार दिनपछि बिहीबार अपराह्न १ बजे प्रति कित्ता ८३४ रुपैयाँ पुगेको छ। सर्वसाधारण लगानीकर्ताले खरिद गरेको आइपीओ मूल्यभन्दा यो करिब १४ रुपैयाँ बढी हो।

बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको रिलायन्सले सर्वसाधारणलाई प्रति कित्ता ८२०.८० रुपैयाँमा आइपीओ बिक्री गरेको थियो।

मिति‌ओपनिङ मूल्यउच्च मूल्यन्यून मूल्यअन्तिम मूल्यवृद्धि प्रतिशतकारोबार कित्ताकारोबार रकम
फागुन ४३००३३०३००३३०१०१३०४०१५०
फागुन ५३२८३६१.८३२८३६१.८९.६४६०२०६८१
फागुन १०३५८.२३९५.३३५८.२३९५.३९.२६६०२२५९०
फागुन ११३९१.५४३२३९१.५४३२९.२८६०२४६८९
फागुन १२४२७.९४७२.२४२७.९४७२.२९.३१६०२६९८६
फागुन १३४६७.५५१९.४४६७.५५१९.४१०६०२९७१७
फागुन १४५१४.३५६७.५५१४.३५६७.५९.२६६०३२४३१
फागुन १७५६१.९६२४.२५६१.९६२४.२९.९९११०६६६४७
फागुन १९६२१.१६८५.५६२१.१६८५.५९.८२६०३९१७३
फागुन २५६७५.३६७५.३६७५.३६७५.३-१.४९१०६७५३
फागुन २६६८८.८७४२.८६८८.८७४२.८१०८०५६४७८
फागुन २७७३५.६८१२.१७३५.६८१२.१९.३३६०४६४०१
फागुन २८८३४.४०८१८.१८०२.१८१८.१२.७५७०

बिहीबार कम्पनीको सेयर मूल्य प्रति कित्ता २२ रुपैयाँ बढ्दा ७० कित्ता सेयर किनबेच भएको छ। कम्पनीको सेयर दोस्रो बजारमा कारोबारपछि फागुन २५ गते बाहेक १२ दिन वृद्धि भएको छ।

बिहीबारको सेयर कारोबारलाई समेत हिसाब गर्ने हो भने रिलायन्सको ८७० कित्ता सेयर आइपीओभन्दा कम मूल्यमा बिक्री भएको छ। अर्थात, प्रति कित्ता ८२० रुपैयाँमा किनेको सेयर लगानीकर्ताले नोक्सानी खाएर बेचेका छन्। रिलायन्सको ८७० कित्ता सेयर बजारमा ४ लाख १२ हजार रुपैयाँमा कारोबार भएको देखिन्छ।

कम्पनीको सेयर मूल्यमा ४ दिन मात्रै पोजेटिभ सर्किट लागेको छ। दोस्रो बजारमा रिलायन्सको पहिलो कारोबार प्रति कित्ता ३०० रुपैयाँबाट सुरु भएको थियो।

नेटवर्थ विवादका कारण नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई चुक्ता मूल्यको तीन गुणासम्म ओपनिङ रेन्ज दिएको थियो।