नाडाको नवनिर्वाचित कार्यसमितिलाई शपथको बाटो खुल्यो, अदालतले खारेज गर्‍यो रिट



बिजमाण्डू
२०८२ फागुन २७ गते २१:२४ | Mar 11, 2026
नाडाको नवनिर्वाचित कार्यसमितिलाई शपथको बाटो खुल्यो, अदालतले खारेज गर्‍यो रिट


काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचन प्रक्रिया बदरसम्बन्धी रिट उच्च अदालतले खारेज गरेको छ।

Tata
GBIME

अदालतमा रिट दायर भएपछि निर्वाचन प्रक्रिया सकिए पनि शपथ रोकिएको थियो।

पाटन उच्च अदालतले बुधबार रिट खारेजको आदेश गरेको हो। रिट खारेजसँगै नयाँ निर्वाचित कार्यसमितिलाई शपथ र कार्यभार सम्हाल्ने कानुनी बाटो खुलेको छ।

अदालतको आदेशपछि बिहरबार शपथको कार्यक्रम तय भएको नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले बताए। पुस १७ गते नाडाको कार्यसमिति निर्विरोध चयन भएको थियो। पुस २५ गते शपथको कार्यक्रम तय भए पनि अदालतमा रिट दायर भएपछि रोकिएको थियो।