निर्माण व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन तयारी, अधिवेशनसँगै निर्वाचनको तोकियो मिति



बिजमाण्डू
२०८२ चैत्र २ गते १०:४९ | Mar 16, 2026
निर्माण व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन तयारी,  अधिवेशनसँगै निर्वाचनको तोकियो मिति


काठमाडौं। निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले नयाँ नेतृत्व चयनसहितको अधिवेशनका लागि मिति तोकेको छ। महासंघको २६औं साधारण सभा एवं निर्वाचन (१३औं अधिवेशन) यही चैत १७, १८ र १९ गते हुने टुंगो गरेको हो।

Tata
GBIME

यसअघि गत माघ १५, १६ र १७ गते हुने तय भएको अधिवेशन निर्वाचन आचारसंहिता कारण स्थगित गर्नु गरेको थियो। फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि महासंघलाई नयाँ मिति तोक्न सजिलो भएको हो।

२६औं साधारण सभा एवं निर्वाचन (१३औं अधिवेशन)को मिति तोक्न महासंघको कार्य समितिको बैठक आइतबार भएको थियो।बैठकको निर्णयानुसार १७, १८ र १९ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने गरी तोकिएको महासंघले जनाएको छ।

साथै महासंघको विधानको दफा ९ को उपदफा (१६) बमोजिम यस अघि प्राप्त भइसकेका प्रतिनिधिहरू यथावत् कायम रहने पनि महासंघले जनाएको छ। यही साधारण सभाले निर्माण व्यवसायीहरुको नयाँ नेतृत्व छान्ने छ।