काठमाडौं। कार्बन उत्सर्जन घटाउनका लागि विश्वव्यापीरूपमा वातावरणमैत्री योजना अघि बढिरहेका बेला विद्युतीय सवारीसाधनको एडप्टेसनमा नेपाल विश्वमा दोस्रो देश बनेको छ।
नेपालमा सन् २०२५ मा बिक्री भएका नयाँ कारमा इभीको हिस्सा ७३ प्रतिशत छ।
सरकारले अहिले विद्युतीय सवारीलाई प्रवर्धन गरिरहेको छ। करमा सहुलियत दिनेदेखि चार्जिङ स्टेशन बनाउन प्रोत्साहन गर्ने काम सरकारले गरिरहँदा बैंकहरुले ग्रिन फन्ड भित्र्याएर इभी खरिदका लागि सहुलियत ब्याजदरमा ऋण प्रवाह गरिरहेका छन्को। जसले गर्दा इभी एडप्टेसनमा नेपाल विश्वमा दोस्रो देश बनेको हो।
इभी एडप्टेसनमा नर्वे पहिलो स्थानमा छ। जसले २०२५ मा बिक्री गरेको कारमा इभीको हिस्सा ९७ प्रतिशत छ।
नेपालले सन् २०१९ मा बिक्री गरेको गाडीमा इभीको हिस्सा ८ प्रतिशत रहेकामा २०२५ मा आइपुग्दा ७३ प्रतिशत पुगेहो हो। यस्तै नर्वेले २०१९ मा बिक्री गरेको गाडीमा ५६ प्रतिशत हिस्सा इभीको रहेकामा २०२५ मा आइपुग्दा ९७ प्रतिशत पुगेको हो।
इभी बिक्रीको हिस्सा ६९ प्रतिशतसहित डेनमार्क तेस्रो स्थानमा छ। यस्तै इभी बिक्रीको हिस्सा स्वीडेनमा ६१ प्रतिशत, आइसल्यान्डमा ५७ प्रतिशत, फिनल्यान्ड र नेदरल्यान्ड ५६ प्रतिशत तथा चीनमा ५३ प्रतिशत छ।












