आईफोन प्रयोगकर्ताका लागि लकडाउन मोड : पासकोडमा आधारित सुरक्षा उपाय



बिजमाण्डू
२०८२ माघ २९ गते १३:३५ | Feb 12, 2026
आईफोन प्रयोगकर्ताका लागि लकडाउन मोड : पासकोडमा आधारित सुरक्षा उपाय

अमेरिकामा वाशिंगटन पोस्टकी पत्रकार हान्ना नेटान्सनको आईफोनमा एफबीआईले पहुँच नपाएका घटनापछि आईफोनको एउटा कम चिनिएको सुरक्षा फीचर ‘लकडाउन मोड’ चर्चामा आएको छ।

Tata
GBIME
Nepal Life

नेटान्सनको भर्जिनियास्थित घरमा गत जनवरी १४ मा छानबिनको वारेन्ट कार्यान्वयन गर्‍यो, जसअनुसार उनका फोन, दुई ल्यापटप र स्मार्टवाच जफत गरियो। यो कार्बाहीको उद्देश्य पेन्टागन (अमेरिकाको रक्षा मन्त्रालय) कन्ट्र्याक्टरको सम्भावित गोप्य सूचना चुहावट सम्बन्धी छानबिन थियो। उक्त कन्ट्र्याक्टर क्लासिफाइड (गोप्य) दस्तावेजहरू अवैध रूपमा राखेको र ती सूचना पत्रकारलाई प्रदान गरेको आरोपमा मुद्दामा परेका छन्, जसको छानबिनको लागि एफबीआईले पत्रकारका उपकरणहरू नियन्त्रणमा लिएर त्यसको छानबिन गरिरहेको थियो।

‘लकडाउन’ मोड एक्टिभ भएकाले एफबीआइले नेटान्सनको आइफोनको डाटामा पहुँच पाएन। उनलाई पासकोड दिन बाध्य पार्न सकेन, तर बायोमेट्रिक्स (फेस/फिंगरप्रिन्ट) मार्फत म्याकबुक भने खोल्न सफल भएको थियो। टेक जगतमा आइफोनको यो ‘लकडाउन’ फीचर अहिले चर्चामा छ।

लकडाउन मोड के हो?
एप्पलका अनुसार, यो एउटा अत्यन्त उच्च सुरक्षा फीचर हो, जसले अत्यन्त जटिल साइबर आक्रमणबाट सुरक्षा दिन्छ। सबैका लागि होइन, तर विशेष व्यक्तिहरू जसलाई डिजिटल जोखिम बढी हुन्छन्, उनीहरूको लागि हो। यो आइओएस १६ र म्याक ओएस भेन्चुरा जस्ता नयाँ प्रणालीहरूमा उपलब्ध छ। यसले केही एप्स र सुविधाहरूमा कडा सीमा राख्छ, फोटो सेयरिङ र ब्राउजर टेक्नोलोजीमा रोक लगाउँछ।

के एप्पलले यसलाई हटाउन सक्छ?
एप्पलले कहिल्यै सरकारको मागमा आफ्नो उपकरणमा ‘ब्याकडोर’ सिर्जना गर्न अस्वीकार गरेको छ। उदाहरणका लागि, २०१६ मा क्यालिफोर्नियाको आतंकवादी घटनामा प्रयोग भएको आईफोनको लकस्क्रिन खोल्न सरकारको अनुरोध अस्वीकार गरिएको थियो।

लकडाउन मोड कसरी खोल्ने?

  • आफ्नो आईफोन, आईप्याड वा म्याकबुक अपडेट गर्नुहोस्।
  • आईफोनमा : सेटिङ – प्राइभेसी एण्ड सेक्युरिटी – ‘लकडाउन मोड’मा जानुहोस्। पासकोड प्रविष्ट गर्नुहोस्। डिभाइस रिस्टार्ट हुन्छ र फेरि पासकोड प्रयोग गर्नुहोस्।
  • म्याकबुकमा : सिस्टम सेटिङ्समार्फत समान प्रक्रिया अपनाउनुपर्छ।
    एप्पल सिफारिस गर्छ कि तपाइँका सबै एप्पल उपकरणमा यसलाई खोल्नुहोस्।

पासकोड र बायोमेट्रिक्स
फेस वा फिंगरप्रिन्ट स्क्यान सुरक्षित देखिन्छ तर पासकोड अझ प्रभावकारी हुन्छ। किनभने कानुनअनुसार तपाइँलाई बायोमेट्रिक्स प्रयोग गर्न बाध्य पार्न सकिन्छ, तर पासकोड दिन बाध्य पार्न सकिँदैन।

लकडाउन मोडको असर

  • केही वेबसाइट ढिलो लोड हुन सक्छन् वा ठीकसँग काम नगर्न सक्छन्।
  • मेसेजमा धेरै प्रकारका अटेचमेन्ट ब्लक हुन्छन्, लिंक र प्रिभ्यू उपलब्ध हुँदैन।
  • फेसटाइम कलहरू तपाइँले पछिल्लो महिनामा सम्पर्क गरेको नम्बर बाहेक ब्लक हुन्छ।
  • फोटो सेयर गर्दा स्थानको जानकारी हटाइन्छ र साझा एल्बमहरू एपबाट हटाइन्छ।
  • फोकस मोड सामान्य रूपमा काम गर्दैन।
  • असुरक्षित वाइफाइ र अन्य कम्प्युटर/अक्सेसरीसँग जडानमा रोक।

लेखकले आफैंले प्रयोग गर्दा केही एप्समा फन्ट परिवर्तन भयो, केही फोटोहरू देखिएनन् र जिममा QR स्क्यान गर्न क्यामेरा काम गरेन। त्यसबेला लकडाउन मोड बन्द गर्नु पर्‍यो।

लकडाउन मोड बन्द गर्ने तरिका
खोल्ने जस्तो प्रक्रिया अपनाउनुहोस्, पासकोड प्रविष्ट गर्नुहोस् र डिभाइस रिस्टार्ट हुनेछ। (एपी)