नेपाल टेलिकमको ६ महिनाको नाफा ४ अर्ब १६ करोड, १३ प्रतिशतले घट्यो

बिजमाण्डू
२०८२ माघ २९ गते १३:१८ | Feb 12, 2026
नेपाल टेलिकमको ६ महिनाको नाफा ४ अर्ब १६ करोड, १३ प्रतिशतले घट्यो


काठमाडौं। नेपाल टेलिकमको नाफा १२.९८ प्रतिशतले घटेको छ। कम्पनीले चालु आर्थिक वर्ष साउनदेखि पुससम्म ४ अर्ब १६ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको ६ महिनामा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको थियो।

Vigo
GBIME
Tata

टेलिकमले यो वर्ष ६ महिनामा १७ अर्ब २९ करोड ९७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। पोहोर ६ महिनामा टेलिकमले सञ्चालन आम्दानी १७ अर्ब ४९ लाख रुपैयाँ गरेको थियो।

टेलिकमको कूल अम्दानी १९ अर्ब ५१ करोड ९२ लाखबाट १९ अर्ब २२ करोड ७२ लाखमा झरेको छ। यस्तै प्रति सेयर आम्दानी ५३.१८ रुपैयाँबाट ४६.२७ रुपैयाँमा झरेको छ। कम्पनीको नेटवर्थ ९२.४७ रुपैयाँ छ।

टेलिकमले ब्याजदरमा गिरावट तथा आरटीटी सेवाका कारण आम्दानी र नाफा घटेको बताएको छ। आरटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आय ८ करोड ५ लाख अर्थात ६.१४  प्रतिशतले घटेको कम्पनीले जनाएको छ।

आरटीटी सेवाले कम्पनीको भ्वाइस तथा एसएमएस सेवाको आयमा प्रभाव परिरहेको छ। लगानीमा भएको मूल्य परिवर्तन तथा ब्याज दर क्रमिक रूपमा घटेका कारण ब्याज आम्दानी ७४ करोड ६३ लाख रुपैयाँले घटेको छ। कर्मचारी खर्च ११.५ प्रतिशतले बढेको छ।