एनटीसीको प्रिपेड ग्राहकका लागि अनलाइनबाट केवाइसी अपडेट सुविधा देशभर उपलब्ध



बिजमाण्डू
२०८२ माघ २८ गते १४:३५ | Feb 11, 2026
एनटीसीको प्रिपेड ग्राहकका लागि अनलाइनबाट केवाइसी अपडेट सुविधा देशभर उपलब्ध

काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरुले कम्पनीमा रहेको ग्राहक विवरण (केवाइसी) अब आफैले अनलाइनमार्फत भरेर अपडेट गर्न सक्ने व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

२२ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध भएको कम्पनीले जानकारी दिएको हो । यसअघि पुस २२ गते कम्पनीको गत पुस २२ गते दूरसंचार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ भएको थियो।

हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरुले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्ने जनाइएको छ। यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसै अनुसार आफ्नो व्यक्तिगत र अन्य विवरण सहित आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्छ।

सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्ने व्यवस्था गरिएको छ। सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरि अद्यावधिक गर्नेछ।

अहिले पनि धेरै ग्राहकहरुको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुने विश्वास कम्पनीको छ। यसबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरिएको छ।