कांग्रेसका महाधिवेशन प्रतिनिधि सभापति फेर्नैपर्ने पक्षमा, ‘अब जसको नीति उसैको नेतृत्व’

बिजमाण्डू
२०८२ पुष २९ गते १२:०६ | Jan 13, 2026
कांग्रेसका महाधिवेशन प्रतिनिधि सभापति फेर्नैपर्ने पक्षमा, ‘अब जसको नीति उसैको नेतृत्व’
विश्वप्रकाश शर्मा र गगन थापा


काठमाडौं। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले कांग्रेसमा अब जसको नीति उसैको नेतृत्व हुनुपर्ने भन्दै महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्नेमा जोड दिएका छन्।

Vigo
GBIME
Tata

विशेष महाधिवेशनको तेस्रो दिन मंगलबार सामूहिक छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेताहरुले गगनलाई सभापति बनाएर जानुपर्नेमा जोड दिएका हुन्। उनीहरुले नेतृत्व परिवर्तन नगरेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसलाई मतदाताले नपत्याउने बताए।

कोशी प्रदेशका टोली संयोजक मेदनी सिटौलाले आफूहरु नेतृत्व परिवर्तनका लागि पूर्णरुपमा तयार रहेको बताए। ‘कोशी प्रदेश एकस्वरले नेतृत्व परिवर्तनको पक्षमा छ,’ उनले भने।

मधेशका संयोजक वीरेन्द्र सिंहले पनि नेतृत्व परिवर्तनको विकल्प नरहेको निष्कर्ष सुनाए। ‘नेतृत्व परिवर्तन हुनुपर्छ। जसको नीति उसकै नेतृत्व हुनुपर्छ,’ उनले भने।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा कांग्रेसले धेरै गल्ती गरेको भन्दै माफी मागेर नेतृत्व परिवर्तनसहित आगामी निर्वाचनमा जानुपर्ने बताए।

कर्णाली प्रदेशका टोली संयोजक हर्ष बमले पार्टीमा जसको नीति उसैको नेतृत्व हुनुपर्ने भन्दै गगनबाहेकलाई सभापति स्वीकार नगर्ने बताए। ‘जसको नीति उसको नेतृत्व हुनुपर्छ। अरु व्यक्ति अब स्वीकार्य हुने छैन,’ उनले भने।

विशेष महाधिवशेन अन्तर्गत प्रतिनिधिहरुले सोमबार ९ वटा समूहमा छलफल गरेका थिए।