‘मेड इन नेपाल’ सिप्रदी यात्रीको इलेक्ट्रिक स्कुटर रोड टेस्टिङमा, कहिले आउँछ बजारमा?



बिजमाण्डू
२०८२ पुष २० गते ११:५७ | Jan 4, 2026
‘मेड इन नेपाल’ सिप्रदी यात्रीको इलेक्ट्रिक स्कुटर रोड टेस्टिङमा, कहिले आउँछ बजारमा?

काठमाडौं। मेड इन नेपाल सिप्रदी यात्री ब्रान्डको स्कुटरको रोड टेस्टिङ गरिएको छ। सिप्रदी ट्रेडिङ र यात्रीले संयुक्त रुपमा उत्पादन गरेको इलेक्ट्रिक स्कुटर रोड टेस्टिङमा देखिएको हो।

Tata
GBIME
Nepal Life

उक्त स्कुटर नुवाकोट क्षेत्रमा देखिएको छ। यो स्कुटरमा सिप्रदी र यात्रीको लोगो राखिएको छ। यो स्कुटर पूर्ण रुपमा नेपालमा डिजाइन र उत्पादन गरिएको हो।

धेरै पहिलेदेखि नेपालमा इलेक्ट्रिक बाइक उत्पादन गर्दै आएको यात्रीले मास मार्केटमा जानका लागि ठूलो घराना सिप्रदीको साथ लिएको थियो।

कम्पनीले यही जनवरीदेखि स्कुटर बजारमा ल्याउने योजना बनाएको थियो। तर, डिजाइन र नेपालको भूगोलअनुसारको बनाउन समय लागेको हो।

कम्पनीले यसलाई नेपाली नयाँ वर्षमा ल्याउने योजना बनाइरहेको छ। यसका लागि कम्पनीले प्लान्टहरू पनि सेट गरिसकेको छ।