सुनचाँदीको मूल्य उच्च : सुन ६ सय घट्दा चाँदी प्रति तोला ६० रुपैयाँले महँगियो



बिजमाण्डू
२०८२ पुष १४ गते ११:२७ | Dec 29, 2025
सुनचाँदीको मूल्य उच्च : सुन ६ सय घट्दा चाँदी प्रति तोला ६० रुपैयाँले महँगियो

काठमाडौं। सुनको कारोबार मूल्य लगातार उच्च भएको तुलनामा सोमबार सामान्य गिरावट छ। चाँदी अझ महँगिएको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा ६ सय रुपैयाँ घटेको छ भने चाँदी ६० रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७० हजार रुपैयाँ भएको छ। यसअघि आइतबार तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ भएको थियो। गत शुक्रबारका तुलनामा आइतबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको थियो।

चालु महिना मात्रै सुनको मूल्य प्रति तोला ११ हजार रुपैयाँ बढिसकेको छ। सुनको मूल्यमा बढोत्तरीका तुलनामा फराकिलो दरमा घटेको छैन।

चाँदी प्रति तोला ४ हजार ८ सय ९५ रुपैयाँ भएको छ। आइतबार तोलाको ४ हजार ८ सय ३५ रुपैयाँ भएको थियो। गत शुक्रबारका तुलनामा आइतबार २७० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ४५१४.२७ डलरले कारोबार भइरहेको छ। आइतबार ४५३४.१६ डलर पुगेको थियो। चाँदी ७९.२५ डलरबाट बढेर ७९.९१ डलर पुगेको छ।