दुई पाङ्ग्रे इभीमा याडिया चार वर्षदेखि मार्केट लिडर, एक वर्षमै बजाज चेतक टप फोरमा



बिजमाण्डू
२०८२ पुष १५ गते १७:०९ | Dec 30, 2025
दुई पाङ्ग्रे इभीमा याडिया चार वर्षदेखि मार्केट लिडर, एक वर्षमै बजाज चेतक टप फोरमा

काठमाडौं। चिनियाँ दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन ब्रान्ड याडिया नेपालमा लगातार ४ वर्ष मार्केट लिडर बन्न सफल भएको छ। याडिया सन् २०२२ यता नेपाली बजारमा आफूलाई शीर्ष स्थानमा राख्न सफल भएको हो।

Tata
GBIME
Nepal Life

याडिया इभी २०२२ मा ८५८ युनिट आयात भएकामा २०२३ मा त्यो संख्या ६६५ मा खुम्चियो। २०२४ मा केही बढेर ७३४ युनिट आयात भएकामा २०२५ मा १ हजार युनिट भित्र्याइएको छ।

दोस्रो नम्बरमा टीभीएसको आईक्युब स्कुटर छ। २०२५ मा आईक्युब स्कुटर ८८१ युनिट आयात गरिएको छ। तेस्रो नम्बरमा भारतीय स्कुटर एथर छ। २०२५ मा एथर स्कुटर ८३७ वटा आयात भएको तथ्यांक छ।

चौथो नम्बरमा पनि बजाजको चेतक स्कुटर छ। यो ब्रान्डको स्कुटर २०२५ मा ४४० युनिट आयात गरिएको छ। नेपालको दुई पाङ्ग्रे इभी बजारको टप फाइभमा चिनियाँ ब्रान्ड टेल्जी छ। यो ब्रान्डको इभी २०२५ मा २६२ युनिट आयात गरेिएको देखिन्छ।

कुन वर्ष कति आयात?

दुई पाङ्ग्रे इभीले नेपालमा बजार विस्तारै बढाउँदै लगेको देखिन्छ। सन् २०२१ देखि २०२५ सम्मको अवधिमा भएको आयातले दुई पाङ्ग्रे इभीको बजार बढ्दै गएको देखाउँछ।

२०२१ मा १५५० वटा दुई पाङ्ग्रे इभी आयात भएकामा त्यसपछिको वर्ष ह्वात्तै बढ्यो। २०२२ मा ६ हजार ३८९ युनिट दुई पाङ्ग्रे इभी भित्रिए। त्यसपछिको वर्ष आयात केही खुम्चियो दुई वर्षयता दुई पाङ्ग्रे इभीको बजार निरन्तर उकालो लागिरहेको छ।

सन् २०२५ मा अहिलेसम्मकै धेरै ६ हजार ८३४ युनिट आयात भएको छ।

तर यो सेग्मेन्टमा अझै पनि इन्धनबाट चल्ने स्कुटर र मोटरसाइकलको एकछत्र राज छ। इभीको हिस्सा ३ प्रतिशत पनि छैन। सन् २०२५ मा इन्धनबाट चल्ने २ लाख ४७ हजार २२३ युनिट दुई पाङ्ग्रे सवारी नेपाल भित्रिएका छन्। तीमध्ये १ लाख ६२ हजार ७७१ युनिट मोटरसाइकल र ८४ हजार ४५२ युनिट स्कुटर हुन्।

चार पाङ्ग्रे सवारीको बजारमा इभीले वर्चस्व कायम गर्दा दुई पाङ्ग्रेको सेगमेन्टमा भने इभीको बजार खासै विस्तार हुन सकेको छैन।

हराए ब्रान्ड

दुई पाङ्ग्रे नेपाली इभी बजारमा धेरै ब्रान्ड हराएका छन्। २०२१ देखि २०२३ सम्म ओपाई ब्रान्डका इलेक्ट्रिक स्कुटर आयात गरिएकामा पछिल्लो दुई वर्षयता एउटा पनि भित्र्याइएको छैन।

हिरो ब्रान्डका इलेक्ट्रिक स्कुटर पनि पछिल्लो ३ वर्षयता आयात गरेको तथ्यांकमा देखिंदैन।

यस्तै प्योर इभीको आयात पनि यो वर्ष शून्य छ। कम्पनीको इभी पोहोर पनि १ युनिट मात्रै आयात गरिएको थियो। अघिल्ला वर्षमा भने १०० देखि २०० युनिटको हाराहारीमा स्कुटर आयात गरिएको तथ्यांक छ।

आइमा, र्‍याफ्ट, ओकवा, सुन्रा, ओकिनावा, सुपर सोको, जेस्टिस, जुलुन, जम्बो जस्ता ब्रान्ड पनि नेपाली बजारमा हराएका छन्।