एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक अग्रवाल चयन, गभर्नर पौडेलसमक्ष लिए सपथ



बिजमाण्डू
२०८२ पुष १० गते १५:३७ | Dec 25, 2025
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक अग्रवाल चयन, गभर्नर पौडेलसमक्ष लिए सपथ

काठमाडौं। एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल चयन भएका छन्। बुधबार बसेको बैंकको संचालक समितिको बैठकले बिहीबारदेखि लागू हुनेगरी अग्रवाललाई अध्यक्षमा चयन गरेको हो।

Tata
GBIME
Nepal Life

नवनियुक्त अध्यक्ष अग्रवालले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

अग्रवालसँग नेपालका बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समय काम गरेको अनुभव छ।