काठमाडौं । सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबारको लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार सुन प्रति तोला ३ हजार ५०० रुपैयाँ बढेर प्रति तोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य उच्च विन्दुबाट तोलामा ८० रुपैयाँ घटेको छ। आज चाँदी प्रति तोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रति तोला ३ हजार ९०५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस ४३००.४ डलर छ। चाँदी प्रतिऔंस ६१.९६ डलर छ।











