जेनजी आन्दोलनमा भागेका झुम्का कारागारका ५५६ कैदीबन्दी अझै सम्पर्कविहीन



बिजमाण्डू
२०८२ मंसिर ३ गते २०:५१ | Nov 19, 2025
जेनजी आन्दोलनमा भागेका झुम्का कारागारका ५५६ कैदीबन्दी अझै सम्पर्कविहीन


विराटनगर। कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ।

Tata
GBIME

जेनजी आन्दोलको दोस्रो दिन भदौ २४ गते ठूलो सङ्ख्यामा आएका जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो।

कारागारका प्रशासनको होसियारीले कारागारमा आगजनी हुन सकेन तर सो समयमा रहेका एक हजार ७९६ कैदी भने भाग्न सफल भएका थिए।

फरार सबै कैदीमध्ये केही आफैं फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो। फरार रहेका ५५६ कैदीबन्दीको खोजतलास भइरहेको प्रमुख सुवास लामिछानेले बताए। रासस