आइएमई खल्ती लिमिटेडको सीइओमा प्रविण रेग्मी नियुक्त, ४ वर्ष नेतृत्व गर्ने



बिजमाण्डू
२०८२ मंसिर १ गते १६:३७ | Nov 17, 2025
आइएमई खल्ती लिमिटेडको सीइओमा प्रविण रेग्मी नियुक्त, ४ वर्ष नेतृत्व गर्ने


काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा लि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार संचालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रविण रेग्मीलाई नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

आज बसेको संचालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षका लागि आज देखि लागू हुने गरि नियुक्त गरेको हो।

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सीइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको संचालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए।

फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

बढदै गएको डिजिटल कारोबार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ। यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर बिदा भएका छन्। 

रेग्मीले पीएसपी संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उनको खुबीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ।