हिमालयन डिस्टिलरीले लन्च गर्‍यो ‘श्लोक’



बिजमाण्डू
२०८२ कात्तिक २६ गते १२:२० | Nov 12, 2025
हिमालयन डिस्टिलरीले लन्च गर्‍यो ‘श्लोक’


काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ। कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ।

Vigo
GBIME
Tata

क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र स्मोकी फ्लेवरको स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइने कम्पनीले जनाएको छ। हिमालयन डिस्टिलरीका अनुसार यो मिडियम बडिड् ह्विस्कीले परम्परा र आधुनिकताको समिश्रण झल्काउँछ।

श्लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ। हाल ७५० मि.ली., १८० मि.ली. र ९० मि.ली. गरी तीनवटा साइजमा यो ह्विस्की उपलब्ध छ र सो को मूल्य क्रमश: २ हजार ८६०, ७१५ रुपैयाँ र ३६० रुपैयाँ रहेको जनाइएको छ।

हिमालयन डिस्टिलरीले सार्वजनिक प्रिमियम ह्विस्कीले नेपालको प्रिमियम ह्विस्की बजारलाई नयाँ परिभाषा दिने उल्लेख गरेको छ।