देशकै ठूलो ह्याचरी उद्योग वित्तीय संकटमा, ऋण तिर्न नसकेपछि बैंकहरु लिलाम प्रक्रियामा जाँदै



बिजमाण्डू
२०८२ कात्तिक २६ गते ११:२१ | Nov 12, 2025
देशकै ठूलो ह्याचरी उद्योग वित्तीय संकटमा, ऋण तिर्न नसकेपछि बैंकहरु लिलाम प्रक्रियामा जाँदै


काठमाडौं। कुखुरा तथा अण्डाको व्यवसायिक उत्पादन गरिरहेको देशकै ठूलो ह्याचरी उद्योग अन्तत: बैंक ऋणले थलिएको छ। अर्बौं रुपैयाँ ऋण लिएर स्थापना गरिएको ‘अविनाश ह्याचरी’ आर्थिक रुपमा थलिएको हो।

Vigo
GBIME
Tata

लामो समयदेखि ऋण तथा किस्ता नतिरेपछि बैंकले अविनाश ह्याचरी र यसका सञ्चालकका नाममा ऋण तिर्नका लागि ३५ दिने सार्वजनिक सुचना जारी गरेको छ।

कुमारी बैंकले बुधबार सञ्चालक गुणचन्द्र बिष्टसहितका नाममा ३५ दिने सुचना जारी गरेको छ। अविनास ह्याचरीले नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारीसँग सहवित्तीयकरण ऋण चलाएका थिए। सहवित्तीयकरणमा करिव ३ अर्ब रुपैयाँभन्दा केही बढी ऋण छ।

ह्याचरी उद्योगले ३५ दिनभित्र ऋण भुक्तानी नथाले लिलामी प्रक्रिया सुरु गर्ने बैंकले जनाएको छ। उद्योग लिलाम गर्दा बैंकको पैसा नउठेमा ब्यक्तिगत जायजेथासमेत लिलामीमा लैजाने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

बिष्टले ह्यचरीबाहेक जग्गाजमिनमा लगानी केन्द्रित गर्दा पनि समस्या परेको उनीहरुको बुझाइ छ।