आइएमई लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न, ‘लोकप्रिय ब्रान्ड बन्नु गौरवपूर्ण क्षण’



बिजमाण्डू
२०८२ कात्तिक २५ गते १६:५४ | Nov 11, 2025
आइएमई लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न, ‘लोकप्रिय ब्रान्ड बन्नु गौरवपूर्ण क्षण’


काठमाडौं । आइएमई लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। मंगलबार लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज  ढकालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।

Tata
GBIME
Nepal Life

साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सो वार्षिक प्रतिवेदन सर्वसम्मतरुपले पारित भएको छ।

अध्यक्ष ढकालले रेमिटेन्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा रहेको आइएमई लिमिटेड सर्वाधिक लोकप्रियब्रान्डको रूपमा रहन  सफल भएकोमा सम्बद्ध सबैमा बधाई एवं शुभकामना व्यक्त गरेका थिए। ढकालले २५ औं वर्षमा व्यावसायिक हिस्सा विस्तार गर्दै नयाँ प्रविधि एवम् रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रविधिको अधिकतम सदुपयोग गर्दै  रेमिटेन्स सेवाको थप  विस्तार तथा विविधीकरण गर्दै आइएमईलाई ‘कम्पिलिट फाइनान्सियल सलुसन्स’को रूपमा विकास गर्ने नीति लिइने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

सभामा आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले २५औं वर्षमा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जिवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्‍याउँदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताएका थिए।  

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दैरेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने बताए। पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउन सफल रहने विश्वास पनि व्यक्त गरे।