सैनिक अड्डाको तरबार नाघेर एक युवकले जब गरे आर्मी अफिसर क्लबभित्र उपद्रव



बिजमाण्डू
२०८२ कात्तिक १३ गते ११:२५ | Oct 30, 2025
सैनिक अड्डाको तरबार नाघेर एक युवकले जब गरे आर्मी अफिसर क्लबभित्र उपद्रव
प्रतीकात्मक


काठमाडौं । नेपाली सेनाको कडा सुरक्षा घेरा रहेको जंगी अड्डाको तारबार नाघेर तोडफोड गरेका एक युवकमाथि कारबाही अघि बढेको छ। उनले भने आफूले के गरेँ भन्ने थाहै नपाएको दाबी गरिरहेका छन्।

Tata
GBIME

ती युवकले असोज १८ गते राति जंगी अड्डाभित्र रहेको आर्मी अफिसर क्लब भित्र पुगेर सामान तोडफोड गरेका हुन्। भोलिपल्ट बिहान उनी त्यहाँबाट निस्किन लागेको अवस्थामा देखेपछि सेनाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो।

सिन्धुली घर भएका २४ वर्षीय राहुल बोगटीमाथि प्रहरीले अनुसन्धान गरेर आपराधिक उपद्रव कसुरमा मुद्दा अदालतमा बुझाएको हो।

असोज १८ गते राति ११ बजेतिर उनले सेनाको घेराबाट भित्र छिरेर क्लबको ड्राई साउनामा रहेको ३७ हजार २ सय बराबरको सामानहरू तोडफोड गरेका थिए। राति महिला शौचालयमा लुकेर भोलिपल्ट  ११:५० बजे बाहिर निस्कन लाग्दा उनी समातिएका थिए।

उनले भने आफू होसमा नभएकाले के गरेँ, कहाँ पुगेँ भन्ने थाहा नपाएको जिकिर गर्दै आएका छन्।