स्रोत नखुलेको ६९ लाख ८५ रुपैयाँसहित एक नेपाली र एक चिनियाँ नागरिक स्वयम्भूबाट पक्राउ



बिजमाण्डू
२०८२ कात्तिक ७ गते २१:१२ | Oct 24, 2025
स्रोत नखुलेको ६९ लाख ८५ रुपैयाँसहित एक नेपाली र एक चिनियाँ नागरिक स्वयम्भूबाट पक्राउ
फाइल फोटो


काठमाडौं। प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

Tata
GBIME

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो।

उनले भने, “स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ। उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ।”

पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए। रासस