समीर मास्केले स्थापना गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेञ्जमा सूचीकृत



बिजमाण्डू
२०८२ कात्तिक ७ गते ०९:०३ | Oct 24, 2025
समीर मास्केले स्थापना गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेञ्जमा सूचीकृत


काठमाडौं । नेपाली मूलका अमेरिकी डा समीर मास्केले स्थापना गरेको फयुजमेसिन्स कम्पनी अमेरिकाको स्टक एक्सचेञ्ज नास्डाकमा सूचीकृत भएको छ। बिहिबार राति सो कम्पनीको कारोबार प्रारम्भ भएको हो।

Tata
GBIME
Nepal Life

नास्डाकमा सूचीकृत हुन फ्यूज मेसिन्सले सीएसएलएम एक्विजिसन कर्पसँग मर्जर सम्झौतासमेत गरेको थियो। जसका लागि फ्यूज मेसिन्सको इक्‍विटी भ्यालुएसन २० करोड अमेरिकी डलर (२६ अर्ब ६१ करोड रुपैयाँ) तय भएको थियो।

फ्यूज मेसिन्सले नेपालसँगै एसियाका अरु देश, क्यानडा, अमेरिका र ल्याटिन अमेरिकामा काम गरिरहेको छ। कम्पनीको मुख्यालय न्यूयोर्कमा छ।

अमेरिकामा रहेका गभर्नर विश्व पौडेलले फ्युजमसिनका संस्थापकसँग टाइम्स स्क्वायरमा भेट भएको जानकारी दिँदै नास्डाकमा सूचीकृत भएसँगै एक पायोनियरको रुपमा नेपालीहरुले मास्केलाई सधैँ सम्मान गर्ने उल्लेख गरेका छन्।

सन् २०१३ मा नेपाली उद्यमी समिर मास्केले फ्यूज मेसिन्स सुरु गरेका थिए। उनी कम्पनीको सीईओसमेत हुन्।

मास्केले अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट पीएचडी गरेका छन्। उनले सन् २०१७ मा फेलोसिप कार्यक्रम सुरु गर्दै नेपाली विद्यार्थीहरुलाई एआईसम्बन्धी तालिम संचालन गरेका थिए। उनीहरुलाई फ्यूज मेसिनमा समेत अनुबन्ध गर्दै उनले विभिन्न सोलुसन निर्माण गरिरहेका छन्।

पछिल्लो समय कम्पनीले ल्याटिन अमेरिकासँगै केही समयमा दक्षिण भारतमा यस्ता तालिम संचालन गरेको थियो। अहिलेसम्म ८ सयभन्दा बढीले तालिम लिइसकेका छन्।

स्टार्टअपबाट उदाएको फ्यूज मेसिन्समा यसअघि बीउ पुँजीको रुपमा फ्यूचर पर्फेक्ट भेन्चर्स र डोल्मा इम्प्याक्ट फन्डले १ करोड डलर लगानी गरेका थिए।

स्टार्टअपबाट उदाएको फ्यूज मेसिन्समा यसअघि बीउ पुँजीको रुपमा फ्यूचर पर्फेक्ट भेन्चर्स र डोल्मा इम्प्याक्ट फन्डले १ करोड डलर लगानी गरेका थिए।

कम्पनीले यो नेपाली लगानीकर्ताहरुको लागि एउटा महत्वपूर्ण कोसेढुंगा भएको जनाएको छ। आगामी दिनमा नेपालका धेरै सूचना प्रविधि विज्ञहरुले खोल्ने, खोलिएका र स्थापित कम्पनीहरु यसैगरि सूचीकृत हुने अवस्था सिर्जना हुने बाटो यसले खोलेको छ।