क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई दुर्व्यवहार गर्ने तीनजना पक्राउ



बिजमाण्डू
२०८२ कात्तिक ५ गते १३:४६ | Oct 22, 2025
क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई दुर्व्यवहार गर्ने तीनजना पक्राउ

काठमाडौं । प्रहरीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लाई दुर्व्यवहार गर्ने तीन जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

तीन दिन अघि ललितपुरको सातदोबाटोमा घर जाँदै गरेका अधिकारीलाई साँझ स्कुटरमा आएका केही युवाले दुर्व्यवहार गरेका थिए। जेनजी युवा भन्दै आएका उनीहरुसँग अधिकारीको भनाभन समेत परेको थियो। त्यसपछि अधिकारीले प्रहरीमा उजुरी दिएका थिए। स्कुटरमा आएका व्यक्तिले दुर्व्यवहार गरेर सवारी छोडेर भागेका थिए।

अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हेम तामाङ नाम गरेका एक जनालाई पक्राउ गरेको छ। उनको बयानको आधारमा थप दुई जना समातिएका छन्।

स्कुटरका धनी भने बाहिर रहेको खुलेको छ। हेम तामाङले केही समयदेखि अन्य व्यक्तिको स्कुटर चलाएको खुलेको हो।

‘अहिलेसम्म हेम तामाङले चलाएको भन्ने हो। हामी अझै यसमा लागि रहेका छौं,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले भने।