जेनजीको प्रर्दशनमा मदिरा खाएर हतियार लुटपाट, प्रहरीलाई नै १५ हजारमा बेच्न खोज्दा समातिए



बिजमाण्डू
२०८२ असोज ३१ गते ११:२८ | Oct 17, 2025
जेनजीको प्रर्दशनमा मदिरा खाएर हतियार लुटपाट, प्रहरीलाई नै १५ हजारमा बेच्न खोज्दा समातिए
File Photo


काठमाडौं । भदौ २३ र भदौ २४ गतेको प्रर्दशनमा प्रहरी कार्यालयबाट चोरी गरिएका हातहतियार प्रहरीलाई नै बेच्न खोज्दा एक युवक समातिएका छन्।

Tata
GBIME

सादा पोशाकमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका १४ थैब बस्ने २६ वर्षीय दिपक राईलाई पक्राउ गरेको हो। राईले प्रहरी प्रभाग हरिसिद्धि ललितपुरको पेस्तोल तथा त्यसमा लाग्ने गोली समेत चोरी गरेको खुलेको छ।

प्रहरीले सादा पोशाकमा उनीसँग हतियार भएको थाहा पाएपछि किन्ने भन्दै पुगेको थियो। १५ हजारमा पेस्तोल लगायतको हतियार बेच्न खोजेपछि उनी समातिएका थिए। उनले प्रहरीसँगको बयानमा हतियार चोरी गरेको स्वीकार गरेका छन्।

बयानमा उनले भनेका छन्,’ चोरी सोही समयमा Type 54 पेस्तोल थान-१(एक),हतियार नम्वर ५१००४९३३ ऐ.को म्याग्जीन थान एक, सो को गोली ५ राउण्ड र Type 77 पेस्तोल  एक, ऐ.को म्याग्जीन एक र सो को गोली ८ राउण्ड देखे पछि मैले सोहि नजिक रहेको लठ्ठीले झिकि सुटुक्क कसैले थाहा नपाउने गरी चोरी लिई छ्याङ खाएको तालमा मैले डेरा लिई म बस्ने कोठामा रहेको लेखिएको स्पिकर भित्र राखेको थिए।’

राई विरुद्ध प्रहरीले ७९ लाख ९० हजार ८ सय रुपैयाँ विगो माग गरेको छ।