जेनजीका नाममा सरकारी कार्यालयमा धम्क्याउँदै हिडेका शाही पक्राउ, अपराधमा थियो कनेक्सन



बिजमाण्डू
२०८२ असोज २९ गते २०:३४ | Oct 15, 2025
जेनजीका नाममा सरकारी कार्यालयमा धम्क्याउँदै हिडेका शाही पक्राउ, अपराधमा थियो कनेक्सन


काठमाडौं। जेनजीका नामका विभिन्न सरकारी निकायमा पुगेर धम्क्याउँदै आएका अर्जुन शाही पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कोटेश्वरबाट शाहीलाई पक्राउ गरेको हो।

Tata
GBIME

पछिल्लो समय उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगम लगायतका निकायमा पुगेर कार्यालय प्रमुखको राजीनामा माग्ने र धम्क्याउने काम गर्दै आएका थिए।

शाहीको आपराधिक पृष्ठभूमि समेत रहेको पाइएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो।