दुई प्रतिशतले सूचक घटेपछि सेयर कारोबार आजलाई बन्द, १० करोड ४३ लाख रुपैयाँको किनबेच

बिजमाण्डू
२०७७ बैशाख ३० गते १२:४३ | May 12, 2020
दुई प्रतिशतले सूचक घटेपछि सेयर कारोबार आजलाई बन्द, १० करोड ४३ लाख रुपैयाँको किनबेच


काठमाडौं। सेयर सूचक २ प्रतिशतले घटेपछि बजार बन्द भएको छ। डेढ महिनापछि खुलेको बजार २.०२ प्रतिशतले घटेपछि बन्द गरिएको हो।

Tata
GBIME

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेकाले सेयर बजार तीव्र गतिले घट्ने अनुमान गर्दै २ प्रतिशतभन्दा बढीले तल-माथि भए किनबेच बन्द गर्ने निर्णय भएको थियो। त्यही अनुसार मंगलबार दुई घण्टाका लागि खोलिएको बजार समयअघि नै कारोबार बन्द भएको हो।

डेढ महिनापछि खुलेको बजार २५ अंकले घट्दा १२ सय २६ अंकमा ओर्लिएको छ। बजारमा ८७ कम्पनीको १० करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सबै उपसूचकहरु घटेका छन्। बैंकिङ र बीमा सूचक सबैभन्दा धेरै घटेको छ। कारोबार भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ।