बैंक लुटपाट हुँदा बाटोमा भेटिएको भन्दै एक युवकले बुझाए ५ लाख रुपैयाँ



बिजमाण्डू
२०८२ भदौ २९ गते १४:०७ | Sep 14, 2025
बैंक लुटपाट हुँदा बाटोमा भेटिएको भन्दै एक युवकले बुझाए ५ लाख रुपैयाँ


काठमाडौं। मंगलबार भएको प्रदर्शनमा लुटपाट भएको रकम भेटिएको भन्दै एक युवकले प्रहरीलाई बुझाएका छन्।

Tata
GBIME

ललितपुर महानगरपालिका-११ बस्ने ३७ वर्षीय सुरेश देउलाले ५ लाख रुपैयाँभन्दा बढी रकम जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन्। मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट भएको थियो।

उनले बाटोमा भेटिएको भन्दै ५ सय दरको नयाँ नोट  ५ लाख रुपैयाँ र बाटोबाट टिपेको खुद्रा १० हजार ५ रुपियाँ फेला पारेको बताएका छन्। रकम लुट्नेरुको भिडियो खिच्न थालेपछि रकम फ्याँलेर हिंडेको उनले प्रहरीलाई बताएका हुन्।

प्रहरीले यसरी रकम भेटाउनेलाई र लुटपाट भएका सामान बुझाउन अनुरोध गरेको छ।