लकडाउनभरी सुनचाँदीको भाउ निर्धारण नहुने, डलरको भाउ १२१ रुपैयाँ ८३ पैसा कायम

बिजमाण्डू
२०७६ चैत्र १२ गते ११:४९ | Mar 25, 2020


काठमाडौं। अमेरिकी डलरको भाउ १२१ रुपैयाँ ८३ पैसामा आएको छ। हिजो डलर १२२ रुपैयाँ ३४ पैसा पुगेको थियो।

Tata
GBIME

अघिल्लो दिनभरी भएको कारोबारका आधारमा राष्ट्र बैंकले अर्को दिनको रिफरेन्स रेट तोक्छ। ११४ रुपैयाँको हाराहारीमा रहेको डलर अहिलेसम्मकै उच्च दरमा उक्लिएको हो।

चीनबाट फैलिएको नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्। यही बीचमा सुनको मूल्य पनि बढ्न थालेको छ। 

कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ। लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन्। 

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। तर यसपाली कोरोनाका कारण डलरको भाउ बढे पनि नेपाली रोजगारीमा रहेका मुलुकहरु पनि यसबाट प्रभावित देखिएकाले ती देशबाट नेपाली फिर्ता पठाइन सक्छन्। यसो हुँदा रेमिटेन्समा आधारित आय घट्न सक्छ।

यता लकडाउनका कारण सुन चाँदी ब्यवसायी महासंघले सुनचाँदीको भाउ उपलब्ध नगराउने निर्णय गरेको छ।