काठमाडौं। देशभरका केही निजी अस्पतालबाहेक अधिकांश अहिले वित्तीय रुपमा सकसमा छन्। करोडौं लगानी भए पनि आवश्यक ‘फूटफल’ नहुँदा अस्पतालहरु आर्थिक संकटबाट गुज्रिरहेका छन्। यस्तो प्रतिकूल अवस्थामा ज्योति समूहले ग्राण्डी सिटी अस्पतालमा लगानी बढाएर सेवा विस्तार गरेको छ।
अटोमोबाइल, स्टील, रियल स्टेट व्यवसायमा रहेका यो समूहले अस्पतालमा अत्याधुनिक प्रविधि भित्र्याएर सेवा विस्तार गरेको हो। अस्पतालमा आइभीएफदेखि नवजात शिशुका लागि एनआइसीयूको हाइ इन्ड व्याकअपसहित सेवा विस्तार गरिएको छ। यही विषयमा ज्योति समूहका अध्यक्ष डा. रुप ज्योतिलाई बिजमाण्डूका शुक्र गिरीले सोधे नेपालमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भएको लगानी जोखिममा परेको हो ?
हाम्रा युवाहरु ठूलो संख्यामा विदेश गइरहेका छन्, तर यसलाई ‘पलायन’ भन्नु गलत हो। पलायन शब्दले नकारात्मक अर्थ दिन्छ। वास्तविकता यो होइन। आज नेपालको अर्थतन्त्र बाँचिरहेको उनीहरुले पठाएको रेमिट्यान्सले हो। जसरी आफ्नो घरमा काम नपाएपछि मानिस अर्काको घरमा काम गरेर परिवार पाल्छ, त्यसरी नै हाम्रा युवाहरुले नेपालमा अवसर नपाएर विदेशमा गई कमाएर आफ्नो घर र देशको अर्थतन्त्र धानिरहेका छन्।
उनीहरुको यो योगदानले देशलाई गरिबीबाट मुक्त हुन मद्दत गरिरहेको छ। त्यसैले, उनीहरुलाई पलायन भएको भन्नुको सट्टा रोजगारीको अवसरका लागि विदेशिएका हुन् भन्नुपर्छ। उनीहरु आफ्नो स्तर वृद्धिका लागि अवसरको खोजीमा गएका हुन्।
यो नकारात्मक शब्दावलीको प्रयोग युवाको हकमा मात्र सीमित छैन, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि यही समस्या छ। निजी क्षेत्रलाई ‘नाफाखोर’ भनिन्छ, जुन एकदमै गलत हो। निजी क्षेत्रको उद्देश्य नै नाफा कमाउनु हो। नाफाविना कुनै पनि व्यवसाय चल्न सक्दैन।
नाफाखोर भन्नु त गाली गर्नुजस्तै भयो। यही नकारात्मक सोचका कारण मेडिकल कलेजका संचालकलाई ‘मेडिकल माफिया’ जस्तो आरोप लगाइयो। दुर्गा प्रसाइँ र डा. उपेन्द्र महतो जस्ता लगानीकर्ताले अर्बौं खर्च गरेर बनाएका राम्रा मेडिकल कलेज यस्तै आरोपका कारण विस्तारित हुन पाएनन्। राम्रो कामलाई पनि नराम्रो भनेर प्रचार गर्दा लगानीकर्ता राज्यका दुश्मनजस्तै बन्न पुगे, जसले देशको विकासमा गम्भीर असर पारेको छ।
नेपालमा मेडिकल क्षेत्रको, विशेषगरी ‘मेडिकल टुरिजम’को ठूलो सम्भावना छ। पहिले-पहिले राम्रो शिक्षा र हावापानीका लागि मानिसहरु आफ्ना छोराछोरीलाई दार्जिलिङ पठाउँथे। नेपालले गुणस्तरीय स्वास्थ्य सेवा र यहाँको अनुकूल हावापानीको फाइदा उठाउन सक्छ।
विगतमा तिब्बतबाट बिरामीहरु यहाँ उपचार गर्न आउँथे, किनकि तिब्बतको तुलनामा यहाँको हावापानीमा अक्सिजन बढी हुँदा बिरामी छिटो निको हुन्छन्। थाइल्यान्डले आज बंगलादेश, श्रीलंकाजस्ता देशका बिरामीको उपचार गरेर मेडिकल टुरिजमबाट अर्बौं कमाइरहेको छ।
नेपालले थाइल्यान्डभन्दा ५० प्रतिशत सस्तोमा गुणस्तरीय सेवा दिन सक्छ। भारतको बिहार, बंगलादेश, पाकिस्तानजस्ता देशका बिरामीलाई हामी सजिलै आकर्षित गर्न सक्छौं।
भारतमा अस्पताल खोल्न सरकारले ९९ वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराउँछ। तर, यहाँ लगानीकर्तालाई प्रोत्साहन गर्नुको सट्टा कसरी कमिसन लिने भन्ने सोचाइ हावी छ।

यति ठूलो सम्भावना हुँदाहुँदै पनि सरकारी नीतिका कारण हामी पछाडि परेका छौं। भारतमा अस्पताल खोल्न सरकारले ९९ वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराउँछ। तर, यहाँ लगानीकर्तालाई प्रोत्साहन गर्नुको सट्टा कसरी कमिसन लिने भन्ने सोचाइ हावी छ।
स्वास्थ्यजस्तो क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्ने हो। तर यहाँ उल्टै निरुत्साहित गरिन्छ। सरकारको काम गुणस्तर नियन्त्रण गर्ने हो, लगानीलाई नै रोक्ने होइन। मेडिकल कलेजहरुलाई सही नीति बनाएर प्रोत्साहन गर्न सके यसले देशको स्वास्थ्य सेवा र अर्थतन्त्र दुवैलाई माथि उठाउन सक्छ।
यस्तो कठिन अवस्थामा तपाइँले स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरिरहनुभएको छ नि ?
सुरुवाती दिनदेखि नै हाम्रो मुख्य लक्ष्य व्यावसायिकता मात्र नभई विस्तारै आफ्नो विशेषज्ञता निर्माण गर्दै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्नु थियो। हाम्रो यो यात्रामा डाक्टरहरूको अनुभव र हस्पिटलको गुणस्तरले महत्त्वपूर्ण भूमिका खेलेको छ।
अरुजस्तो व्यावसायिकतामा मात्र केन्द्रित नभई हामीले जथाभावी शुल्क लिने अभ्यासलाई निरुत्साहित गर्दै एक विश्वसनीय स्वास्थ्य सेवा प्रदायकको रुपमा आफूलाई स्थापित गरेका छौं। त्यही आधारमा हामीले लगानी विस्तार गरेका हौं। समस्या मात्रै हेरेर हुँदैन, सम्भावनाको खोजी पनि गर्नुपर्छ भन्ने मान्यताले जोखिम मोलेर लगानी बढाएका हौं।
हामीले अहिले सिफ्ट गरेको विशेषज्ञ प्रसूति तथा नवजात शिशु स्याहार सेवामा हो। हाम्रो अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार एक प्रमुख सेवाको रूपमा छ।
सामान्यतया, बच्चा जन्माउँदाको खर्च केसको प्रकृति हेरेर ५० हजारदेखि ९० हजारसम्म लाग्न सक्छ। यो शुल्कमा सामान्य वार्डको दैनिक शुल्क २ हजारदेखि १५ हजार रुपैयाँसम्म छ। यस्तै क्याविनमा बसेको दैनिक चार्ज ८-१० हजार रुपैयाँसम्म छ। अन्यमा भने बिरामीको प्रकृतिअनुसार केही फरक पर्न सक्छ।
अत्याधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति र बिरामीमैत्री वातावरणमार्फत हामीले नेपालको स्वास्थ्य सेवामा एउटा सकारात्मक छाप छोड्ने प्रयास गरिरहेका छौं।

विशेषगरी हाम्रो अस्पताल आइभीएफ (इन भिट्रो फर्टिलाइजेसन)मार्फत जन्मेका बच्चाहरुका लागि एक विश्वसनीय गन्तव्य बनेको छ। यस्ता बच्चाहरु अत्यन्तै संवेदनशील हुने हुनाले उनीहरुलाई नियोनटल इन्टेन्सिभ केयर युनिट (एनआइसीयू)को पूर्ण ब्याकअप आवश्यक पर्छ, जुन सुविधा हामीले हाइ इन्ड रुपमा प्रदान गर्दै आएका छौं।
सिजेरियन (सी-सेक्सन) पछि आमालाई आराम चाहिने समयमा नवजात शिशुलाई केही घण्टा अब्जर्भेसनका लागि एनआइसीयूमा राख्ने गरिन्छ। बच्चाको स्वास्थ्य अवस्था पूर्णरुपमा सामान्य भएपछि मात्र आमाको साथमा फिर्ता गरिन्छ।
अब्जर्भेसनका लागि मात्र राखिँदा न्यूनतम शुल्क लाग्छ, तर यदि बच्चालाई जन्डिसजस्ता समस्या देखिएमा हामीसँग घामको विकल्पका रुपमा अत्याधुनिक बेबी वार्मर र युभी-रेयुक्त फोटोथेरापी मेसिनहरु उपलब्ध छन्, जसको उपचार शुल्क छुट्टै हुन्छ।
८०० ग्रामजस्ता कम तौलका बच्चाहरुका लागि आइभी र भेन्टिलेटरजस्ता सघन उपचार आवश्यक पर्ने हुँदा खर्च स्वाभाविक रुपमा बढ्छ।
ग्रान्डी सिटी हस्पिटलको यात्रा नाफाभन्दा पनि सेवा र गुणस्तरमा केन्द्रित छ। अत्याधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति र बिरामीमैत्री वातावरणमार्फत हामीले नेपालको स्वास्थ्य सेवामा एउटा सकारात्मक छाप छोड्ने प्रयास गरिरहेका छौं।
काठमाडौंमा राम्रा अस्पताल नभएका होइनन्। त्यसमा पनि ग्राण्डी सिटीमा त्यस्तो के उपचार हुन्छ भनेर आउने ?
ग्रान्डी सिटी हस्पिटललाई अन्यभन्दा फरक बनाउने अर्को प्रमुख पक्ष भनेको यहाँ उपलब्ध अत्याधुनिक मेडिकल प्रविधि हुन्। हामीले विभिन्न क्षेत्रमा नेपालमै उत्कृष्ट र कतिपय अवस्थामा यहाँ नभएका उपकरण पनि जडान गरेका छौं।
लिथोट्रिप्टरका लागि आवश्यक हामीसँग नेपालकै सबैभन्दा हाइ-एन्ड लिथोट्रिप्टर मेसिन छ, जसले शल्यक्रियाविना नै बाहिरबाट शक्तिशाली साउन्ट वेभको माध्यमबाट किड्नीको पत्थरी फुटाउँछ। यो प्रविधिबाट बिरामी ३-४ घण्टामै उपचार गराएर घर फर्कन सक्छन्। यसको सफलता दर ९५ प्रतिशतभन्दा बढी छ।
हाम्रो डुअल-एनर्जी सिटी स्क्यान मेसिन साधारणभन्दा निकै शक्तिशाली छ, जसले सिटी-एन्जियोग्राफी जस्ता जटिल परीक्षण पनि शल्यक्रियाविना नै गर्न सक्छ। यसले मुटुको भल्भमा भएको ब्लकेजसमेत पत्ता लगाउन मद्दत गर्छ। हाम्रो फोर-डी अल्ट्रासाउन्ड मेसिन यति पावरफुल छ कि यसले गर्भमा रहेको बच्चाको अनुहारसमेत क्लियर रुपमा देखाउन सक्छ।

आरआइआरएस (रिट्रोग्रेड इन्ट्रारेनल सर्जरी) अर्को अत्याधुनिक प्रविधि हो, जसमा पिसाबनली हुँदै किड्नीसम्म पातलो पाइप पठाएर लेजरको माध्यमबाट पत्थरीलाई धुलो बनाइन्छ। यो पनि एक प्रकारको लो-इन्भेसिभ प्रक्रिया हो। यो सुविधा पनि हाम्रो हस्पिटलमा छ।
यसैगरी, हाम्रो डुअल-एनर्जी सिटी स्क्यान मेसिन साधारणभन्दा निकै शक्तिशाली छ, जसले सिटी-एन्जियोग्राफी जस्ता जटिल परीक्षण पनि शल्यक्रियाविना नै गर्न सक्छ। यसले मुटुको भल्भमा भएको ब्लकेजसमेत पत्ता लगाउन मद्दत गर्छ।
हाम्रोमा ओपन एन्ड टिल्टिङ एमआरआई साधारण एमआरआई मेसिन भन्दा फरक छ। जस्तै साधारणमा सुरुङजस्तो बन्द हुने हुँदा धेरै बिरामी डराउँछन्। तर, हाम्रो मेसिन खुला प्रकृतिको छ।
यसको अर्को विशेषता भनेको बिरामीलाई सुताएर मात्र नभई बसाएर वा उठाएर पनि स्क्यान गर्न मिल्छ। यसले गर्दा उठ्दा-बस्दा मात्र दुख्ने ढाडको समस्याको पनि वास्तविक कारण पत्ता लगाउन सहज हुन्छ।
यस्तै हाम्रो फोर-डी अल्ट्रासाउन्ड मेसिन यति पावरफुल छ कि यसले गर्भमा रहेको बच्चाको अनुहारसमेत क्लियर रुपमा देखाउन सक्छ। अन्य डायग्नोस्टिक उपकरणहरुमा शरीरको बोसो, मांसपेशी र मेटाबोलिक एजसमेत मापन गर्ने ‘बडी कम्पोजिसन मेसिन’, फोक्सोको हरेक कम्पार्टमेन्टको अवस्था देखाउने ‘बडी प्लेथिस्मोग्राफ’ र डिजिटल एक्स-रे जस्ता उपकरण छन्, जसले स्वास्थ्य परीक्षणलाई अत्यन्तै विस्तृत र सटिक बनाउँछ।
ग्रान्डी सिटीमा लगानी ठूलो हुँदै गएको छ। सुरुमा ग्राण्डी अस्पताल भनेर खोलिएको थियो। अब यो छुट्टै सुविधा सम्पन्न अस्पतालमा रुपान्तरण भयो। अस्पताललाई कहाँ पुर्याउने लक्ष्य छ ?
हाम्रो हस्पिटलको सुरुवात ग्रान्डी इन्टरनेसनललाई मद्दत गर्ने उद्देश्यले एउटा सानो क्लिनिक र डाइग्नोस्टिक सेन्टरको रुपमा भएको थियो। यसको मुख्य लक्ष्य पब्लिसिटी र बिरामी रेफर गर्नु थियो।
महँगो मूल्यमा खरिद गरिएको जग्गाले विस्तारको बाटो खोलिदियो। यो जग्गा लगभग साढे ३ रोपनीमा छ। जसको मूल्य ७० करोड रुपैयाँ जति पर्न गयो।

तर, जब हामीले यसलाई पूर्ण हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गर्यौं, ठाउँको अभाव प्रमुख चुनौती बन्यो। यही क्रममा हामीले छेउमै रहेको प्रभु शमशेरको जग्गा खरिद गर्ने अवसर पायौं, जुन हस्पिटल विस्तारका लागि एकदम राम्रो भयो। सुरुमा भाडामा लिएको र पछि महँगो मूल्यमा खरिद गरिएको जग्गाले विस्तारको बाटो खोलिदियो। यो जग्गा लगभग साढे ३ रोपनीमा छ। जसको मूल्य ७० करोड रुपैयाँ जति पर्न गयो।
हस्पिटल एक्सपान्सनको यात्रामा अर्को महत्त्वपूर्ण मोड तब आयो, जब एक अन्तर्राष्ट्रिय टोलीले नेपालमा सेरोगेसी सेवा सुरु गर्न हामीसँग सहकार्य गर्ने प्रस्ताव राख्यो। उनीहरुले आफैं लगानी गरेर हाम्रो हस्पिटलमा अत्याधुनिक आईभीएफ ल्याब स्थापना गरे, जसमा ‘इक्सी मेसिन’ र ‘एग ह्याचिङ मेसिन’जस्ता हाई इन्ड प्रविधि थिए।
यो प्रविधिले हामीलाई नेपालकै अग्रणी बनायो। आईभीएफ र सरोगेसीबाट जन्मने बच्चाहरु प्रायः संवेदनशील र समयभन्दा अगाडि जन्मिने हुनाले एक उत्कृष्ट नवजात शिशु सघन उपचार कक्ष (एआइसीयू)को आवश्यकता महसुस भयो।
हामीले विशेषज्ञहरुको डिजाइनमा हाइ-इन्ड एनआइसीयू स्थापना गर्यौं, जसले २८-२९ हप्ताका अत्यन्तै कम तौलका शिशुहरुलाई समेत बचाउन सफल भयो। यसले प्रसूति र बाल स्वास्थ्य सेवामा हाम्रो विश्वसनीयता ह्वात्तै बढायो।
हाम्रो यो यात्रामा डाक्टरहरुको अनुभव र हस्पिटलको गुणस्तरले महत्त्वपूर्ण भूमिका खेलेको छ। अरुजस्तो व्यावसायिकतामा मात्र केन्द्रित नभई, हामीले जथाभावी शुल्क लिने अभ्यासलाई निरुत्साहित गर्दै एक विश्वसनीय स्वास्थ्य सेवा प्रदायकको रुपमा आफूलाई स्थापित गरेका छौं।

सन् २०१५ को भूकम्पले अन्य अस्पतालहरु प्रभावित हुँदा हाम्रो संरचना सुरक्षित रह्यो, जसकारण सबै सरोगेसीका केस हामीकहाँ आउन थाले।
तर, यो सेवा कानुनी र सामाजिक रुपमा विवादास्पद पनि बन्यो र हामीले विभिन्न अनुसन्धानहरुको सामना गर्नुपर्यो। अन्ततः सरकारले स्पष्ट कानुन नबनेसम्म सरोगेसीमा रोक लगायो।
त्यसपछि, हामीले आफ्नो ध्यान नेपाली दम्पतीहरुका लागि आइभीएफ सेवामा केन्द्रित गर्यौं। हाम्रो अत्याधुनिक एनआइसीयू विशेषज्ञ टोली र सहरको मध्यभागमा रहेको सुविधाजनक स्थानका कारण आज हामी प्रसूति सेवाका लागि एक विश्वसनीय गन्तव्य बन्न सफल भएका छौं।
आजकल त प्राकृतिक बर्थ गराउनुको सट्टा शुभ साइत र मिति हेरेर शल्यक्रियामार्फत बच्चा जन्माउने चलन पनि बढेको छ, जसले हाम्रो सेवाको माग थप बढाएको छ।
सुरुवाती दिनदेखि नै हाम्रो मुख्य लक्ष्य व्यावसायिकता मात्र नभई विस्तारै आफ्नो विशेषज्ञता निर्माण गर्दै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्नु थियो।
हाम्रो यो यात्रामा डाक्टरहरुको अनुभव र हस्पिटलको गुणस्तरले महत्त्वपूर्ण भूमिका खेलेको छ। अरुजस्तो व्यावसायिकतामा मात्र केन्द्रित नभई, हामीले जथाभावी शुल्क लिने अभ्यासलाई निरुत्साहित गर्दै एक विश्वसनीय स्वास्थ्य सेवा प्रदायकको रुपमा आफूलाई स्थापित गरेका छौं।
डेडिकेटेड क्यान्सर हस्पिटल बनाउने योजनामा हुनुहुन्छ भन्ने छ नि ?
तपाइँले सुन्नु भएको कुरा सत्य हो। हामी भविष्यमा एउटा डेडिकेटेड क्यान्सर अस्पताल बनाउने योजना छौं। हाम्रो भविष्यको सबैभन्दा ठूलो योजना भनेको एउटा अत्याधुनिक र सबैले अफोर्ड गर्न सक्ने क्यान्सर अस्पताल बनाउनु नै छ। तर, त्यसका लागि केही समय लाग्छ।
यसलाई पूरा गर्ने हाम्रो स्ट्रोङ संकल्प छ। नेपालमै डेडिकेटेड क्यान्सर उपचार उपलब्ध भएमा बिरामीले उपचारका लागि हप्तौं-महिनौं विदेशमा बस्नुपर्ने बाध्यता हट्नेछ र आफ्नो परिवारसँगै रहेर उपचार गराउन पाउनेछन्।

क्यान्सरको उपचारमा प्रयोग हुने रेडिएसन थेरापीका लागि विशेष संरचना (अन्डरग्राउन्ड बंकर) चाहिने हुँदा हामीले त्यसका लागि उपयुक्त जमिनसमेत पहिचान गरिसकेका थियौं।
साथै यसका लागि हामीले अमेरिकन अन्कोलोजी इन्स्टिच्युट (एओएच)सँग सहकार्यको सम्झौतासमेत गरिसकेका थियौं, जसअन्तर्गत उनीहरुको विशेषज्ञतामा नेपालमै विश्वस्तरीय उपचार दिने योजना थियो।
तर, कोभिडका कारण यो योजना हाललाई रोकिएको छ। भविष्यमा यसलाई पूरा गर्ने हाम्रो स्ट्रोङ संकल्प छ। नेपालमै डेडिकेटेड क्यान्सर उपचार उपलब्ध भएमा बिरामीले उपचारका लागि हप्तौं-महिनौं विदेशमा बस्नुपर्ने बाध्यता हट्नेछ र आफ्नो परिवारसँगै रहेर उपचार गराउन पाउनेछन्। त्यसैले हाम्रो यो सपना कुनै न कुनै दिन पूरा गर्नेछौं।









