बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका सहसचिव सेवन्तक पोखरेलले लिए शपथ



बिजमाण्डू
२०८२ असार ३१ गते १६:०३ | Jul 15, 2025
बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका सहसचिव सेवन्तक पोखरेलले लिए शपथ


काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन्।

Tata
GBIME

पोखरेलले मंगलबार अपराह्न अर्थमन्त्री विष्णु पौडेलसमक्ष शपथ लिएका हुन्।

प्राधिकरणका अध्यक्ष शरद ओझा सोमबार निलम्बनमा परेपछि सरकारले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो।

विवादास्पद व्यवसायी दीपक भट्टको जोडबलमा योग्यताको फर्जी कागजात बुझाएर साढे चार महिनाअघि अध्यक्षको नियुक्ति लिन सफल ओझामाथि छानबिन गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा न्यायिक समिति बनाएको थियो।

समिति गठनसँगै ओझा निलम्बनमा परेपछि मन्त्रिपरिषद्ले पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो।