कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परे तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र

बिजमाण्डू
२०८२ असार १८ गते १७:५१ | Jul 2, 2025
कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परे तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र

काठमाडौं। कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र बैंकको रकम घोटाला प्रकरणमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले मिश्रलाई नेपालगंजबाट पक्राउ गरेको हो।

Tata
GBIME

उच्च अदालत नेपालगञ्जले मिश्रलाई पक्राउ गर्न बुधबार अनुमति दिएको थियो। सीआइबीका एसपी युवराज खड्काले अदालतको अनुमतिपछि मिश्रलाई पक्राउ गरेको जानकारी दिए। ‘अदालतबाट अनुमति लिएर समातेका हौं,’ एसपी खड्काले भने।

पक्राउ गरेका मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन्। उनी २०७९ को स्थानीय तह निर्वाचनमा नेपालगंज उपमहानगरपालिकामा पराजित भएका थिए।

कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीले यसअघि बैंकका सञ्चालक राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरेको थियो। राय बैंकका पूर्वअध्यक्षसमेत हुन्। उनी पनि एमाले नेता हुन्। उनी प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए।

प्रहरीका अनुसार बैंकमा बचतकर्ताको ४ अर्ब ९० करोड रुपैयाँ निक्षेप गडबड भएको देखिएको छ।