
काठमाडौं। विभिन्न एप प्रयोग गरेर क्रिप्टो कारोबार गर्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको हो। ६ जना चिनियाँविरुद्ध सीआइबीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। बाँकीविरुद्ध पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
चिनियाँ नागरिकले काठमाडौंको चागल र ललितपुरको दमकल चोकमा घर भाडा लिएर नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत विभिन्न स्किम चलाएको तथा क्रिप्टो कारोबार गरेको प्रहरीको भनाइ छ।
उनीहरूको साथबाट प्रहरीले १३ लाख ९९ हजार ९५० रुपैयाँ बरामद गरेको छ।