
काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना तिराएको छ।
विभागले ललितपुर महानगरपालिका-८ स्थित मनमय इन्टरप्राइजेजलाई २ लाख ८० हजार, त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलस्थित इजी ट्रेडलाई २ लाख ६० हजार र एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सपलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको हो।
एमआरपी र आयातकर्ताको नाम उल्लेख नभएका सामान राखेको भेटिएकाले जरिवाना तिराएको विभागले जनाएको छ।
विभागले ४ वटा व्यावसायीक फर्मलाई व्यवसायसगँ सम्बन्धित कागजपत्र लिएर विभागमा उपस्थित हुन निर्देशन दिएको छ।