‘कुलिङ पिरियड’ बेवारिसे प्रकरणपछि अप्ठेरोमा खतिवडा, समितिको बैठक स्थगित गर्न बाध्य

बिजमाण्डू
२०८२ असार १७ गते १३:०८ | Jul 1, 2025
‘कुलिङ पिरियड’ बेवारिसे प्रकरणपछि अप्ठेरोमा खतिवडा, समितिको बैठक स्थगित गर्न बाध्य
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा (बीचमा)

काठमाडौं। संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ बेवारिसे पारिएको प्रकरणले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित हुन पुगेको छ।

Tata
GBIME

सत्तारुढ नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेपछि बैठक स्थगित भएको हो।

समितिका सभापति खतिवडाले मंगलबारका लागि तय बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुलाई बोलाएका थिए।

तर, एमाले र प्रतिपक्षी दलका सांसदहरुले समितिले सर्वसम्मतरुपमा पारित गरेको ‘कुलिङ पिरियड’ गायब प्रकरणमा छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै छानबिन नसकिएसम्म समितिको बैठक राख्नुको औचित्य नभएपछि सभापति खतिवडा बैठक स्थगित गर्न बाध्य भएका हुन्।

एमाले र माओवादी केन्द्रका सांसदहरुले आफ्नो राजीनामा मागेपछि खतिवडा अप्ठेरोमा परेका छन्।