हिम स्टार ऊर्जाको आइपीओ दोस्रो चरणमा असार २४ देखि, ७.७३ लाख कित्ता निष्कासन गरिंदै

बिजमाण्डू
२०८२ असार १७ गते ११:२१ | Jul 1, 2025
हिम स्टार ऊर्जाको आइपीओ दोस्रो चरणमा असार २४ देखि, ७.७३ लाख कित्ता निष्कासन गरिंदै

काठमाडौं। हिम स्टार उर्जा कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरेर दोस्रो चरणमा सर्वसाधारणलाई असार २४ देखि आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँको ७ लाख ७३ हजार ९७५ कित्ता आइपीओ निष्कासन गर्नेछ। कम्पनीले आफ्ना कर्मचारीलाई १८ हजार ६५० र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता सेयर छुट्याएको छ।

निष्कासन बन्द छिटोमा असार २७ र ढिलोमा साउन ६ गते हुनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल छ।