अस्पतालमा लाइनमा बसेर टिकट काट्नु नपर्ने, प्रभु पेमार्फत मोबाइलबाटै टिकट काट्न मिल्ने

बिजमाण्डू
२०७६ असोज १६ गते २१:४२ | Oct 3, 2019
अस्पतालमा लाइनमा बसेर टिकट काट्नु नपर्ने, प्रभु पेमार्फत मोबाइलबाटै टिकट काट्न मिल्ने

Tata
GBIME

काठमाडौं। अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने भएको छ।

प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात बिराट मेडिकल कलेजबाट शुरु भएको छ। मेडीफ्लो सोलुसनले प्रभु पेमार्फत घरमै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो। उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने बिराट मेडिकल कलेज प्रदेश १ मा पहिलो भएको हो।

मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए। उनका अनुसार अनुसार मेडीफ्लोले प्रभु वालेटसँगको सहकार्यमा सुरु गरेको छ।अस्पतालले विरामीको सहजताका लागि प्रभु वालेटमार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दिनेश कार्कीले जानकारी दिए। वालेटबाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको व्यवस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए।

कसरी काट्ने टिकट?
 वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि बिराट अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ।

बिराट अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ। त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्न सकिन्छ। त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ।

उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मुल्य प्रभु वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ। यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क  मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ। यसैगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ।