बजाजको ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा, पुरानो बाइकसँग नयाँ साट्न पनि सकिने

बिजमाण्डू
२०७६ असोज १४ गते १७:१४ | Oct 1, 2019
बजाजको ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा, पुरानो बाइकसँग नयाँ साट्न पनि सकिने


काठमाडौं। बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “बजाज ग्राण्ड एक्सचेन्ज मेला” ल्याएको छ ।

Tata
GBIME

भृकुटीमण्डपमा जारी  मेला असोज १२ गतेदेखि शुरु भएको हो। यो अफर असोज १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।मेलामा उपभोक्ताले कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर साटेर बजाजको नयाँ मोटरसाईकल लिन सक्ने बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजारसम्मको मूल्याकंन र प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार दिने बताएको छ।  

ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पनि पाउने कम्पनीले जनाएको छ।