कांग्रेसले सानेपामा किन्यो १३ करोडको घरजग्गा, १९ आना जमिनसहित तीन तले घर

बिजमाण्डू
२०८२ असार १३ गते १४:३५ | Jun 27, 2025
कांग्रेसले सानेपामा किन्यो १३ करोडको घरजग्गा, १९ आना जमिनसहित तीन तले घर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय कार्यालय विस्तार गर्ने भएको छ। त्यसका लागि कांग्रेसले १९ आना जग्गगासहित एउटा घर पनि खरिद गरेको हो।

Tata
GBIME

कांग्रेसले पार्टी कार्यालयसँगै जोडिएको तीन तल्ले घर किनेको हो। ललितपुरस्थित सानेपामा रहेको केन्द्रीय कार्यालयअघिको अमिरमान अमात्यको घरजग्गा कांग्रेसले किन्ने सहमति भएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठले उक्त जग्गाका लागि ५० लाख रुपैयाँ बैना गरिसकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त घरजग्गाको मूल्य १३ करोड रुपैयाँ रहेको र नेता तथा कार्यकर्ताको लेबीबाट रकम चुक्ता गरिने कांग्रेसले जनाएको छ।

यसअघि सानेपामा कांग्रेससँग ६ रोपनी जग्गामा ४२ कोठाको ४ तल्ले भवन रहेको छ।