निर्जीवन बीमा कम्पनीको व्यवसाय ९.०६% वृद्धि, ११ महिनामा ३९.८८ अर्ब प्रिमियम संकलन

बिजमाण्डू
२०८२ असार १३ गते १०:५७ | Jun 27, 2025
निर्जीवन बीमा कम्पनीको व्यवसाय ९.०६% वृद्धि, ११ महिनामा ३९.८८ अर्ब प्रिमियम संकलन

काठमाडौं। चालु आर्थिक वर्ष जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

Tata
GBIME

४ वटा माइक्रोसहित डेढ दर्जन कम्पनीले ९.०६ प्रतिशतले व्यवसाय वृद्धि गरेका हुन्। निर्जीवन बीमा कम्पनीले पोहोर ११ महिनामा ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

अधिकांश इन्स्योरेन्सले व्यवसाय बढाएका छन्। निर्जीवन बीमा कम्पनीले ११ महिनामा ७.८७ प्रतिशतले बीमा लेख बिक्री बढाएका छन्।

सक्रिय बीमा लेखको संख्या पोहोर जेठमा २७ लाख १३ हजार रहेकामा अहिले २९ लाख २६ हजार पुगेको छ।

निर्जीवन बीमा कम्पनीको दुई आर्थिक वर्ष जेठ मसान्तसम्मको व्यवसाय रु लाखमा

कम्पनी२०८१/८२२०८०/८१फरक %
शिखर५०९०९४८९६७३.९७
सगरमाथा लुम्बिनी४५०३८४२९३८४.८९
सिद्धार्थ प्रिमियर३९०८८३६६८६६.५५
हिमालयन एभरेष्ट३५१४६३२३५८८.६२
आइजीआई प्रुडेन्सियल३३९३७३२१३३५.६१
नेको२९५८६२८८३८२.५९
एनएलजी२७४३४२२६०९२१.३४
ओरियन्टल२४२५३१७५५२३८.१८
युनाइटेड अजोड२४१८६२३८७०१.३२
सानिमा जीआईसी२३६०४२२१६९६.४७
नेपाल इन्स्योरेन्स१८४४२१४०२२३१.५२
प्रभु१५७९५१५६४७०.९४
राष्ट्रिय बीमा कम्पनी१३१५०१५३१५-१४.१४
नेसनल इन्स्योरेन्स९७७७१०१९५-४.११
स्रोत : नेपाल बीमा प्राधिकरण