
इरानी सरकारी टेलिभिजनले इजरायलसँगको युद्धविराम भएको समाचार प्रकाशन गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम भएको बताएका थिए।
इरानले युद्धविरामका लागि ट्रम्पले ‘बिन्ती’ गरेको जनाएको छ। इरानले अमेरिकी एयरबेसमा आक्रमण पश्चात ट्रम्पले त्यस्तो याचना गरेको उल्लेख गरेको हो।
यो वाक्यलाई टेलिभिजन प्रस्तोताले ठूलो आवाजमा पढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
सोमबार राति इरानले कतारको दोहोस्थित अमेरिकी सैन्य बेसक्याम्पमा आक्रमण गरेको थियो। इरानले इराकमा रहेको एयरबेसमा पनि आक्रमण गरेको थियो। इरानले आक्रमण सफल भएको जनाएको छ।
पेन्टागनले भने आक्रमणमा कुनै मानवीय क्षति नभएको उल्लेख गरेको छ।
इरानले युद्धविराम भने पनि इजरायलबाट आक्रमण भए त्यसको प्रतिकार हुने बताइसकेको छ। इजरायलले नै इरानमा पहिलो आक्रमण गरेको थियो।
युद्धविरामको घोषणा भए पनि बीबीसीमा इजरायलमाथि इरानले आक्रमण गरिरहेको अपडेट अहिले पनि जारी छ।