प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने



बिजमाण्डू
२०८२ असार ९ गते ११:१७ | Jun 23, 2025
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १८.९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँको १८ प्रतिशतले हुने २५ करोड ९४ लाख बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत अर्थात १ करोड ३६ लाख ५६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

सञ्चालक समितिको निर्णय नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।