
काठमाडौं। प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १८.९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँको १८ प्रतिशतले हुने २५ करोड ९४ लाख बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत अर्थात १ करोड ३६ लाख ५६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
सञ्चालक समितिको निर्णय नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।