१७ करोड लगानीमा ग्वार्को ओभरपास ४० महिनामा भयो तयार, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

प्रवीण रानाभाट
२०८२ असार ६ गते १६:५३ | Jun 20, 2025
१७ करोड लगानीमा ग्वार्को ओभरपास ४० महिनामा भयो तयार, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ग्वार्को ओभरपासको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले ट्राफिक प्रहरीका एसएसपी नवराज अधिकारीलाई रिबन काट्न लगाएर ओभरपास उद्घाटन गरेका हुन्।

Tata
GBIME

उद्घाटन गरिएसँगै १७ करोड ६ लाख रुपैयाँ लागतमा ४० महिलना लगाएर तयार पारिएको ग्वार्को ओभरपास संचालनमा आएको छ। उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिएको छ।

यो ओभरपास संचालनमा आएपछि ग्वार्को चोकमा हुने गरेको ट्राफिक जाम हट्ने विश्वास सरकारले लिएको छ। सरकारले काठमाडौं उपत्यकाका यस्ता मुख्य चोकहरुमा ओभरपास निर्माण गर्ने योजना अनुरुप यो पहिलो ओभरपास संचालनमा आएको हो।

यसले कोटेश्वरबाट र सातदोबाटोबाट आउने जाने २/२ लेनमा सवारीसाधन ट्राफिक जाममा बसिराख्नु पर्दैन। जसले गर्दा क्रस गर्ने अन्य सवारीसाधन पुल मुनिबाट आउजाउ गर्न सक्छन्।

२ वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष-समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनी र सरकार पक्षका कारण पटक-पटक म्याद थप गरेर ४० महिनापछि निर्माण सम्पन्न भएको हो।

म्याद थप गर्दा पनि निर्माण कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि करिब १ करोड ४७ लाख हर्जाना तिराइएको छ।