नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ७५ रनको लक्ष्य, माइकल लेभिटको सानदार ब्याटिङ

बिजमाण्डू
२०८२ असार ५ गते २१:२९ | Jun 19, 2025
नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ७५ रनको लक्ष्य, माइकल लेभिटको सानदार ब्याटिङ
नेपालविरुद्ध ब्याटिङमा नेदरल्याण्ड्सका खेलाडी। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सबाट १ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो।

Tata
GBIME

नेदरल्याण्ड्सको स्कोर माथि लैजान ओपनर माइकल लेभिटको महत्वपूर्ण भूमिका रह्यो। उनले ५३ बलमा ६ चौका र ५ छक्काको सहायतामा ८६ रन बनाए। त्यस्तै, रोइलोफ भान डेरले २१ बलमा अविजित ३६ रनको योगदान दिँदा आर्यन दत्त १७ रनमा अविजित रहे।

बलिङमा नेपालका करण केसीले २ विकेट लिँदा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटीङमा उत्रिँदैछ।