युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर वितरण गर्ने



बिजमाण्डू
२०८२ असार ५ गते ११:२८ | Jun 19, 2025
युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब १० करोड रुपैयाँ छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत तथा कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।