
काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब १० करोड रुपैयाँ छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत तथा कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।